सबै भन्दा राम्रो एन्ड्रोइड एपहरू फेला पार्न गाह्रो हुन सक्छ, किनकि त्यहाँ लाखौं एपहरू उपलब्ध छन्, र ती सबै राम्रो छैनन्। अधिकांश मानिसहरू यी एपहरू मध्ये धेरैसँग अपेक्षाकृत परिचित हुनुपर्छ। तिनीहरू सबै भन्दा राम्रो हुन्, र मानिसहरू सबै भन्दा राम्रो तिर आकर्षित हुन्छन्।
यी एपहरू एन्ड्रोइड सँग सर्वव्यापी भएका छन्, र यदि तपाईं राम्रो सामानहरू खोज्दै हुनुहुन्छ भने, तपाईंले यी मध्ये केही एपहरू पहिले नै प्रयोग गरिसक्नुभएको छ भनी मानिन्छ। त्यहाँ एक टन अद्भुत एन्ड्रोइड एपहरू छन्। यद्यपि, त्यहाँ केहि छन् जुन बाँकी भन्दा माथि खडा छन्। यी एपहरू सबैका लागि उपयोगी छन्, चाहे तिनीहरूको प्रयोगको मामला जेसुकै होस्। तर हामी मद्दत गर्न यहाँ छौं। हामीले लामो समयदेखि Google Play Store प्रयोग गर्दै आएका छौं उत्तम एन्ड्रोइड सफ्टवेयर फेला पार्न, प्रत्येक आशाजनक एपलाई यसको गतिहरू मार्फत राख्दै यो डाउनलोड गर्न लायक छ भनी सुनिश्चित गर्न।आज हामीले यो आर्टिकल मार्फत ५ यस्तो एण्ड्रोइड एप हरु को बारेमा जानकारी लिने छौँ। जुन धेरै उपयोगी र महत्तोपुर्ण हुनुको साथसाथै गुगल प्ले स्टोर मा सजिलै अनि सित्तैमा पाउन सकिन्छ।
थप ढिलाइ नगरी, यहाँ हाल उपलब्ध उत्कृष्ट एन्ड्रोइड एपहरू छन्।
१)एनी डेस्क (Any Desk)
२)एन्टी थेफ़्ट अलार्म (Anti-Theft Alarm)
३)वकि टकि (Walkie Talkie)
४)क्यालकुलेटर लक्(Calculator Lock)
५)इन्स्ट्यनट हार्ट रेट (Instant Heart Rate)
१)एनी डेस्क (Any Desk)
यो एप धेरै नै महत्तोपुर्ण मानिन्छ किन भने यो एप को मदत ले हामीले संसार को कुनै पनि स्थान मा रहेर हामीले आफुले चाहेको मोबाइल लाई कन्ट्रोल गर्न सक्छौ। कतिपय समयमा हामी कुनै कारण बस आफ्नो परिवार अनि साथी हरु देखि टाढा हुन्छौं र परिवार अनि साथीहरु मध्य कसै को मोबाइल मा समस्या आयो र तपाई लाइ त्यसको समाधान थाहा छ तर फोन या मेस्सेज मार्फत भनेर साध्य हुदैन भने उक्त समय मा तपाइले यो एप आफ्नो अनि उक्त समस्या भय को मोबाइल मा इन्स्टल गरेर आफु जहाँ भएता पनि सजिलै उनीहरु लाइ सिकाउन सक्नु हुन्छ।
यो एप लाइ प्रयोग गर्न का लागि दुब्बै मोबाइल मा यो एप डाउन्लोड भएको हुनु पर्दछ। अनि तपाइले अरुको मोबाइल हेर्न चाहेको खण्ड मा अर्को मोबाइल मा रहेको कोड आफ्नो मोबाइल मा उक्त एप खोलेर कोड राख्ने ठाउँ मा राखी > यस्तो चिन्ह रहेको बटन लाई थिची ओके गर्नु पर्दछ। आफ्नो मोबाइल बाट त्यसरी ओके गरि रिकवेस्ट पठाएको खण्ड मा अर्को मोबाइल मा उक्त रिकवेस्ट लाई एक्सेप्ट गर्ने कि नगर्ने भनेर अप्सन देख्न सक्नु हुनेछ तब एक्सेप्ट गरेको खण्ड मा तपाइले उक्त मोबाइल मा रहेका सम्पूर्ण एप ,कनट्यक्ट,फोटो अनि भिडियो लगाएत सबै थोक आफ्नै मोबाइल देखि सजिलै देख्न सक्नु हुने छ।
२)एन्टी थेफ़्ट अलार्म (Anti-Theft Alarm)
यो एप पनि प्ले स्टोर मा रहेका महत्तोपुर्ण एप हरु मध्य एक हो। अल्लि ध्यान दिएर यसको नाम लाई पढ्ने हो भने यो एप के सम्बन्ध मा होला भन्ने अट्कल लगाउन सकिन्छ। यदि यो एप तपाइले आफ्नो मोबाइल मा इन्स्टल गरेको अवस्था मा यसको नाम जसरी नै यो एपले काम गर्ने छ अर्थात् तपाइको मोबाइल चोरी हुन् सक्ने खतरा बाट जोगाउने छ।
त्यति मात्र नभई यो एप खोलेर चार्जर डिटेक्सन मोड (Charger Detection Mode)लाई अन गरेर चार्ज मा लगाएको अवस्था मा कसैले उक्त मोबाइल लाई चार्ज बाट हटाउदा बित्तिकै अलार्म बजेर तपाई लाइ जानकारी दिने छ। जसका कारण कुनै सार्बजनिक स्थान वा चारजिंग स्टेसन हरु मा आफ्नो मोबाइल ढुक्क सँग चार्ज मा लगाउन सक्नु हुनेछ। यस्तै यो एप मा रहेको अर्को मोड अर्थात् प्रोक्सिमिटि डिटेक्सन (Proximity Detection Mode)अन गरेर आफ्नो खल्ती मा राखी हिड्दा कसैले तपाइको खल्ती बाट उक्त मोबाइल निकाल्ने प्रयास गरेको अवस्था मा तुरुन्तै अलार्म बजेर तपाई लाई जानकारी दिने छ। जसका कारण तपाइको मोबाइल चोरी हुन् बाट जोगिने छ।
३)वकि टकि (Walkie Talkie)
यो एप त्यति महत्तोपुर्ण नभएता पनि तपाइले यो एप इन्स्टल गरि प्रयोग गरेको अवस्था मा तपाई लाई नयाँ अनुभब भने पक्कै मिल्ने छ। यो एप लाई पूर्ण रुप मा वकि टकी जस्तै बनाइएको छ। यो एप खोलेर माथी रहेको प्राइभेट अप्सन मा थिचेर तल रहेको फ्रेन्ड्स अप्सन मा थिच्नु भयो भने सेयर फ़्रिक़्वेन्सि अप्सन देख्न सक्नु हुने छ र उक्त अप्सन लाई थिचे र तपाइले आफ्नो साथी तथा परिवार मा उक्त फ़्रिक़्वेन्सि सेयर गरेर व्यक्तिगत रुप मा कुराकानी गर्न सक्नु हुने छ।
४)क्यालकुलेटर लक्(Calculator Lock)
यो एप को पूरा नाम हाइड यु क्यालकुलेटर लक् हो। यो एप आफ्नो मोबाइल मा इन्स्टल गरि प्रयोग बगेको अवस्था मा तपाइको व्यक्तिगत गोपनीयता सुरक्षित राख्न धेरै ठुलो भूमिका खेल्ने छ। किन भने यो एप एउटा केल्कुलेटर मात्र न भै यो एप मा तपाइले आफुले चाहेको फोटो,भिडियो,कनट्यक्ट तथा नोट्स हरु राखी सुरक्षित रुप मा कोड को मदत ले बन्द गर्न सक्नुहुन्छ। त्यति मात्र नभई तपाई लाइ अन्य कुनै एप हरु मा पनि लक् लगाउन चाहनु हुन्छ भने पनि उक्त एपको मदत ले सजिलै सँग लगाउन सक्नु हुन्छ। जसको कारण तपाइको मोबाइल मा भएको अन्य एप हरु लाइ पनि जो कोहि ले खोल्न सक्ने छैनन्।
५)इन्स्ट्यनट हार्ट रेट (Instant Heart Rate)
यो एप आज को हाम्रो लिस्ट मा अन्त्य मा भएता पनि यो एप भने निकै महत्तोपुर्ण छ। भन्दा अचम्म लग्न सक्छ तर वास्तब मै यो एप लाई खोलेर आफ्नो मोबाइल को क्यामेरा लेन्स मा आफ्नो औठा राख्दा तपाई को ब्लड प्रेसर बताउन सक्छ। जुन ९९%सहि हुन्छ। त्यसैले यो एप आज हाम्रो लिस्ट मा परेको छ। त्यति मात्र न भइ हामीले यो एप मा प्लान बनाउन सक्छौँ अनि इन्साइट्स मार्फत कुन समय मा हाम्रो ब्लड प्रेसर कुन समय मा कति हुदो रहेछ भनेर जानकारी लिन पनि सक्छौं। जुन धेरै नै प्रभाबकरी मान्न सकिन्छ
तपाइँ लाई यो पोस्ट कस्तो लाग्यो कुनै सल्लाह सुझाब या प्रतिक्रिया भए कमेन्ट गर्न नबिर्सनु होला। यस्तै टेक्नोलोजी सम्बन्धि नयाँ अनि रोचक जानकारी पढ्न चाहनु हुन्छ भने कृपया पेज लाई फलो गर्नु होला।


.png)
0 Comments