स्मार्टफोन र ट्याब्लेटका लागि Samsung One UI सफ्टवेयर प्रणालीलाई सबैभन्दा प्रभावकारी अटोमेटन स्किनहरू मध्ये एक मानिन्छ। कर्पोरेटले दैनिक आधारमा आफ्नो सफ्टवेयर प्रणालीमा नयाँ विकल्पहरू र सुधारहरू प्रस्तुत गर्न जारी राख्छ। २०२१ को अन्तमा, सामसुङले मटेरियल यु स्टाइल र एन्ड्रोइडका बाँकी बाह्र विकल्पहरू सहित One UI 4.0 लन्च गर्यो। अब, कर्पोरेटले आफ्नो स्मार्टफोन र ट्याब्लेटहरूमा One UI 4.1 अपडेट रोल आउट गरि सकेको छ।
आज हामीले यो आर्टिकल मार्फत Samsung One UI 4.1अपडेट को पाँच नयाँ फिचर अनि त्यसको सेट्टिङ्ग्स को बारेमा जानकारी लिने छौ।
१ ) पर्मिसन म्यानेजर को सेट्टिङ्ग
Settings > Privacy > Permission Manager
यो सेट्टिङ्ग धेरै नै महत्तोपुर्ण हुनुको मुख्य कारण तपाइको व्यक्तिगत बिवरण हरु सुरक्षित पार्नु हो। अर्थात् हाम्रो मोबाइल मा कतिपय एप्स (Apps)हरुले हामी माथि निग्रानी गरि रहेका हुन्छन। जुन हामीलाई कति पए समय मा थाहा पनि हुदैन। हाम्रो मोबाइल को माइक्रो फोन (Microphone),क्यामेरा (Camera) देखि हामी के गर्दैछौँ भनि हाम्रो क्रियाकलाप समेत निगरानी गरिरहेको हुन्छन। त्यसैले उक्त सेट्टिङ्ग मा गइ उक्त सेट्टिङ्ग लाइ एकपटक निरिक्षर्ण गर्न आवश्यक हुन्छ।
अब ,उक्त सेट्टिङ्ग निरिक्षर्ण गर्न को लागि आफ्नो मोबाइल को सेट्टिङ्ग मा जानु होस्। सेट्टिङ्ग मा गइसके पछि माथि तिर सार्दै जाँदा प्रिविसी (Privacy) लेखेको अप्सन देख्न सक्नु हुन्छ। अब उक्त अप्सन लाई थिच्नुहोस त्यस पछि आउने अप्सन हरु मध्य पर्मिसन म्यानेजर (Permission Manager) लेखेको अप्सन लाई थिच्नुहोस्। अब तपाई ले त्यहाँ देख्न सक्नुहुन्छ कुन-कुन एप ले कुन-कुन पर्मिसनहरु लिई राखेको छ र उक्त पर्मिसन उक्त एप लाई आवश्यक छ कि छैन। भनि एक एक गर्दै उक्त पर्मिसन को निरिक्षर्ण गर्नुहोस र कुनै एप लाइ कुनै पर्मिसन आवश्यक नभए को खण्ड मा उक्त पर्मिसन लाइ Don't Allow अप्सन मा टिक लगाउनु होस् . त्यसो गर्दा अब तपाई को मोबाइल मा भए का कुनै पनि एप ले अनावश्यक पर्मिसन पाउने छैनन् त्यसैले तपाई माथि कुनै पनि किसिम को निगरानी हुन् पाउने छैन अब तपाइको पर्सनल एक्टिविटी र पर्सनल डेटा दुवै सुरक्षित रहने छन्।
२ )फ़ाईण्ड माई डिभाइस अप्सन को सेट्टिङ्ग
Settings > Biometrics and Security > Find My Mobile
यो सेट्टिङ्ग लाई इनेबल गर्नु भए को अवस्था मा तपाई को मोबाइल हरायो या चोरी भयो भने पनि सजिलै कहाँ छ भनि सजिलै पत्ता लगाउन सकिन्छ। त्यसैले यो सेट्टिङ्ग पनि धेरै नै महत्तोपुर्ण मानिन्छ।
यो सेट्टिङ्ग गर्न को लागि आफ्नो मोबाइल को सेट्टिङ्ग मा जानुहोस्। अनि सेट्टिङ्ग मा गइसके पछि माथि तिर सार्दै जाँदा बयोमेट्रिक र सेक्युरिटी (Biometrics and Security) लेखेको अप्सन देख्न सक्नु हुनेछ। अब उक्त् अप्सन लाई थिच्नुहोस्। त्यस पछि आउने अप्सन हरु मध्य तल तिर फ़ाइण्ड माइ मोबाइल (Find My Mobile)लेखेको अप्सन देख्न सक्नु हुनेछ। उक्त अप्सन लाई इनेबल गर्नुहोस्। यसरि त्यो अप्सन लाई इनेबल गर्नु भएको अवस्था मा तपाई को मोबाइल हरायो या चोरी भयो भने तापनि अर्को कुनै मोबाइल मा गुगल प्ले स्टोर बाट फ़ाइण्ड मै माइ डिभाइस (Find My Device) नाम को एप इन्स्टल गरेर उक्त मोबाइल बाट त्यो एप को मदत ले सजिलै हराएको मोबाइल कहाँ छ भनि पत्ता लगाउन सकिन्छ।
३ )फोन टेस्ट मोड
Dial *#0*#
यो कुनै सेट्टिङ्ग त हैन तर यो फोन टेस्ट मोड कसरि गर्ने भन्ने बारे जानी राखे धेरै नै फाइदा हुन् सक्छ। किन भने यो तरिका को बारेमा जानकारी भए तपैले कुनै पुरानो मोबाइल खरिद गर्दै हुनुहुन्छ भने त्यस् फोन मा कुनै खराबी छ या छैन भनि सजिलै परिक्षर्ण गर्न सक्नु हुने छ।
यसको लागि तपाई आफ्नो मोबाइल मा *#0*# डाइल गर्नुहोस् अब उक्त कोड डाइल गरिसके पछि तपाई को मोबाइल मा फोन टेस्ट मोड को पेज खुल्ने छ। जहाँ बाट तपाईं ले उक्त मोबाइल मा सम्पूर्ण फंसन हरु को सजिलै परिक्षण गर्न सक्नु हुने छ। जस्तै : स्पिकर ,मोबाइल को डिस्प्ले ,स्क्रिन टच ,सेन्सर इत्यादी।
यो कोड ले सम्पूर्ण मोबाइल मा काम न गर्न सक्छ तर प्राय: सम्पूर्ण Samsung मोबाइल हरु मा भने काम गर्दछ।
४)मोबाइल को राम् बढाउने तरिका
Settings > Battery and Device Care > Memory > Ram Plus
यो सुबिधा धेरै नै प्रभावकारी र महत्तोपुर्ण छ। किन भने राम (Ram)को कमि ले कतिपय मोबाइल हरु ह्यंग हुने अनि राम्रो सँग नचल्ने समस्या हुन्छ तर यो सुबिधा लाई प्रयोग गरेको अवस्था मा त्यस्तो समस्या आउने छैन। यो सुबिधा लाई प्रयोग गर्न चाहनु भएको अवस्था मा तपाइँ आफ्नो मोबाइल को सेट्टिङ्ग मा जानुहोस। अब माथि तिर सार्दै जाँदा ब्याट्री एण्ड डिभाइस केयर (Battery and Device Care)लेखेको अप्सन देख्न सक्नु हुनेछ। उक्त अप्सन लाई थिच्नुहोस। डिभाइस केयर लेखेको पेज खुल्नेछ उक्त पेजमा रहेको मेमोरी (Memory)लेखेको अप्सन लाई थिच्नुहोस्। अब सबै भन्दा तल रहेको राम् प्लस (Ram Plus)लेखेको अप्सनलाई थिच्नुहोस्। अब खुल्ने पेज बाट तपाई ले आफुले चाहेजति राम् छान्न सक्नु हुनेछ। राम् छानी सकेपछि रिस्टार्ट नाव (Restart Now) भन्ने अप्सन देख्न सक्नु हुनेछ। उक्त अप्सन लाई थिची मोबाइल रिस्टार्ट भए पछि तपाइले छानेको राम् तपाइको मोबाइल मा हुनेछ
५)मोबाइल को बेट्रि को लाईफ कसरि बढाउने
Settings > Accounts and Backup > Manage Accounts
यो सेट्टिङ्ग महत्तोपुर्ण हुनु को मुख्य कारण मोबाइल को बेट्रि को लाईफ बढाउन मात्र हैन यो सेट्टिङ्ग'गर्नु भएको खण्डमा तपाई को मोबाइल को डेटा पनि जोगाउने छ।
यो सेट्टिङ्ग गर्न को लागि तपाई आफ्नो मोबाइल को सेट्टिङ्ग मा जानुहोस्। अब सेट्टिङ्ग मा गैसकेपछि त्यहाँ देखिने अप्सन हरु लाई माथि तिर सार्दै जाँदा एकाउन्ट एण्ड ब्याकअप लेखेको अप्सन देख्न सक्नु हुनेछ अब उक्त अप्सन लाई थिच्नुहोस्। नयाँ पेज खुली सके पछि सबै भन्दा माथि रहेको अप्सन म्यानेज अकाउण्ट (Manage Account) लाई थिच्नुहोस्। अब खुल्ने पेज मा तपाइले आफ्नो जिमेल अकाउन्ट लगाएत का आफ्ना सम्पूर्ण अकाउण्ट हरु देख्न सक्नु हुने छ।त्यो मध्ये तपाइले जुन जिमेल अकाउण्ट आफ्नो मोबाइल को प्ले स्टोर मा प्रयोग गर्नु भएको छ उक्त जिमेल अकाउण्ट लाई थिच्नुहोस्। अब तपाइले सिंक अकाउण्ट (Sync Account)लेखेको अप्सन देख्न सक्नु हुनेछ। उक्त अप्सन लाई थिच्नुहोस्। अब खुल्ने नयाँ पेज मा कनट्यक्ट र जिमेल बाहेक अरु सबै बटन हरु अन छन् भने सबै लाइ अफ गर्नुहोस्। यसोगर्दा तपाइँ को मोबाइल को ब्याट्री पनि बच्ने छ र डेटा पनि कम खर्च हुनेछ।
तपाइँ लाई यो पोस्ट कस्तो लाग्यो कुनै सल्लाह सुझाब या प्रतिक्रिया भए कमेन्ट गर्न नबिर्सनु होला। यस्तै टेक्नोलोजी सम्बन्धि नयाँ अनि रोचक जानकारी पढ्न चाहनु हुन्छ भने कृपया पेज लाई फलो गर्नु होला।


0 Comments